सिटी एक्सप्रेसबाट रकम पठाएर १० हजार जित्ने मौका

Posted on: 01 Oct, 2020

असोज १५, काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्व विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले ६० दिनसम्म चल्ने “जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १०,००० हातमा”उपहार योजना घोषणा गरेको हो । 

असोज १५ गते देखि मंसिर १५ गतेसम्म लागु हुने योजनामा हरेक दिन एक जनाले १० हजार रुपैयाँ जित्ने कम्पनीले जनाएको छ । उक्त ६० दिनको अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुन पाउने छन् ।

उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई नहुने कम्पनीले जनाएको छ । सिटी एक्सप्रेसले १४ वर्ष देखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया , अष्ट्रेलिया, लगायत संसार भरबाट  विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!