सुनचाँदीको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

Posted on: 01 Oct, 2020

असोज १५, काठमाडौँ । विहिबार सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ  ।  प्रतितोला मंगलबार ९ सय र बुधबार ५ सय रुपैयाँले बढेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आजका लागि  छापावाला सुनको मूल्य ९४ हजार ५ सय तोकिएको महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य तोलामा ९४ हजार तोकिएको छ । हिजो तेजावी सुन प्रतितोला ९४ हजार २ सयमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आज १५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा ११ सय ७५ रुपैयाँ कारोबार भैरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!