शुक्रबार पनि घट्यो सुनको मूल्य

Posted on: 02 Oct, 2020

असोज १६,  काठमाडौं । सुनको भाउमा शुक्रबार पनि सामान्य अंकले  गिरावट आएको छ । बिहीबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ३ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९३ हजार ८ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा भने आज कुनै परिवर्तन भएको छैन । चाँदी आज तोलामा ११ सय ७५ रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ८५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ४२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!