साताको पहिलो दिन सुनको मूल्य बढ्यो

Posted on: 04 Oct, 2020

असोज १८, काठमाडौँ | साताको पहिलो दिन गत शुक्रबारको तुलनामा सुनको मूल्य सामान्य रुपमा बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबारको तुलनामा सुनको मूल्य प्रति तोला २ सय रुपयाँले बढेको छ । 

महासंघका अनुसार आज छापावाल सुन तोलाको ९४ हजार रुपयाँमा कारोवार भईरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपयाँले बढेर १ हजार १८० रुपयाँमा कारोवार भईरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!