सोमबार पनि घट्यो सुनको मूल्य, कति छ आजको भाउ ?

Posted on: 05 Oct, 2020

असोज १९, काठमाडौँ | सोमबार सुनको भाउमा गिरावट आएको छ । आइबार तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ४ सयले नै घटेर ९३ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा भने आज कुनै परिवर्तन भएको छैन । चाँदी आज तोलामा ११ सय ८० रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार २४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ११ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!