दराजको दशैं धमाका, सेलमा अनलाइन सपिङसँगै लुडो प्रतियोगितासम्म

Posted on: 05 Oct, 2020

असोज १९, काठमाडौं । अनलाइन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठुलो दशैं सेल (दराज दशैं धमाका ल्याएको छ । यो धमाकेदार अभियान यहि असोज १९ अर्थात् अक्टोबर ५ देखि शुरू  हुने भएको कम्पनीले जनाएको छ ।

उक्त सेल योजनाअन्तर्गत उपभोक्ताहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा मेगा डिल्स्, दराज मलमा पाहिने ब्रान्डेड उत्पादनहरूमा भारि छूट्, आकर्षक भाउचरहरू, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६० ४ भी एस डि, कार्ड प्रीपेमेन्टमा छूट्, फ्ल्यास सेल्स, निस् शुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल गेमहरू, दराज वन रूपी गेम, वील अफ फोच्र्युन र अन्य धेरै आकर्षणहरूको लाभ उठाउन सक्नेछन् ।

सेल अभियानको विशेष पार्टनरहरूको रूपमा टिभिएस, र कोका कोला रहेका छन् । त्यसैले उपभोक्ताहरूले यी अग्रणी ब्रान्डका उत्पादनहरूमा आकर्षक अफरहरूको पनि लाभ उठाउन सक्ने बताइएको छ ।

कार्ड मार्फत भुक्तानीमा अतिरिक्त छूट दराजले अग्रणी बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्ड मार्फत पूर्व भुक्तानीमा २०५ (अधिकतम २५०० रूपैयाँ) सम्मको छूटको पनि व्यवस्था गरेको छ । जसमा नबिल बैंक, एनआईसी एशिया, स्टयान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंकका कार्ड प्रयोगकर्ता ग्राहकहरूले छुट पाउनेछन् । यदी उपभोक्ताहरूसँग उक्त बैंकहरूको कार्ड छ, तर अन्लाईन पेमेन्ट सुचारू छैन भने बैंकमा सम्पर्क गरी सुचारू गर्न सकिनेछ ।

पार्टनर ब्रान्डहरूमा दामी डिल्स्

अभियानका लागि पार्टनर ब्रान्डहरूमा टाइटन, आमारया, म्यकेन्रो, सामसंग, इन्फिनिक्स, रंगोली, कोलगेट, लोट्टो, अर्क, भान्स, एमआई, होम ग्लोरी, सीजी, मेडिया, एलजी, जुआस, मामाअर्थ, फ्यानटेक, वल्र्पुल,यासुडा, पाल्सनिक, न्यू ब्यालेन्स, एक्स(एज, गिटार शप, पियाजाइतालिया, कन्भर्स, र सोनी रहेका छन्। उपभोक्ताहरूले यी ब्रान्डका खास उत्पादनहरूमा ६० प्रतिशतसम्मको छूट् पाउनेछन् ।

अनलाइन लूडो प्रतियोगिता

दराजले उपभोक्ताहरूको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन अनलाइन लूडो प्रतियोगिताको पनि घोषणा गरेको छ । यस प्रतियोगिता दराज एपमार्फत श्रीलंका र नेपालका प्रतिद्वन्द्वीहरू बीच हुने छ । पहिलो स्थान प्राप्त गर्ने खेलाडीले १०० अमेरिकी डलरको दराज भाउचर जित्ने छ, दोस्रो स्थानले ७५ अमेरिकी डलरको दराज भाउचर जित्ने छ, र तेस्रो देखि पन्ध्रौं स्थानमा पर्ने प्रत्येक खेलाडीहरूले अमेरिकी २५ डलर जित्नेछन् ।

यसबाहेक नेपालबाट सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीले नयाँ सोनी एक्सपेरिया एक्स ए वन डबल जीते छन् भने दोस्रो र तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः नयाँ टाइटन घडी र मनास्लु गिटार जित्नेछन् । प्रतियोगिता असोज २१ गतेदेखि २२ गतेसम्म हरेक दिन दिउँसो १ देखि साँझ ७ बजे सम्म दराज एन्ड्रोइड एपमा आयोजित हुनेछ । प्रतियोगितामा भाग लिनको लागि असोज ५ देखि २१ गतेभित्र दराज एप मार्फत अनिवार्य दर्ता गर्नुपर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!