बुधबार पनि घट्यो सुनको मुल्य, आजको मूल्य कति ?

Posted on: 14 Oct, 2020

असोज २८, काठमाडौं। बुधबार सुन चाँदीको भाउमा गिरावट आएको छ । मंगलबार तोलाको ९५ हजार १  सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ६ सयले नै घटेर ९४ हजार रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा पनि आज २० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय ५ रुपैयाँ कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!