नेपाल प्रहरीमा जागिर खुल्यो, पाँच हजार २२७ जनालाई रोजगारीको अवसर

Posted on: 16 Oct, 2020

असोज ३०, काठमाण्डौं । नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले ५ हजार २ सय २७ जना जवान भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले खुलातर्फ दुई हजार आठ सय १७ कोटा तोकेको छ भने अरू समावेशीतर्फ छ। आदिवासी जनजातिका लागि सात सय ३७ र महिलातर्फ चार सय ४१ जनाको कोटा निर्धारण गरिएको छ ।

७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कक्षा आठ वा सो सरह पास गरेकोले फाराम भर्न पाउने छन्।



यस बिषयमा तपाइको प्रतिक्रिया...!