आइतबार घट्यो सुनको भाउ

Posted on: 18 Oct, 2020

कार्त्तिक २,  काठमाडौँ । आइतबार सुनको भाउमा गिरावट आएको छ । शुक्रबार तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ७ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९४ हजार २ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा भने आज  स्थिर छ । चाँदी आज तोलामा १२ सय रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार १९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २९ रुपैयाँ कायम गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!