आज सोमबार यस्तो छ सुनको मूल्य

Posted on: 19 Oct, 2020

कात्तिक ३, काठमाडौँ | नेपाली बजारमा सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रतितोला ९४ हजार ७०० र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

आज सुनको मूल्य आइतबारकै मूल्यमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको भाउ पनि स्थिर रही प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भईरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!