विहादी गाउँपालिकामा पहिलो कालोपत्रे सडकको सांसद गिरीद्धारा शुभारम्भ

Posted on: 20 Oct, 2020


जिल्लाको विहादी गाउँपालिका वडा न २ बरौचौरका खहरे खोला देखि रानीपानीको पोखरेचौर हुँदै वहाकी जोड्ने सडकमा कालोपत्रेको काम शुरु भएको छ । एक कार्यक्रमका वीच प्रतिनिधि सभाका सांसद पदम गिरीले उक्त सडक खण्डमा कालोपत्रे कार्यको शुरुवात गरेका छन् ।

विहादी गाउँपालिका वडा न २ वडा कार्यालयको आयोजनामा भएको कालोपत्रे कार्यको शुरुवात गर्दै सांसद गिरीले जिल्लाको दक्षिणी क्षेत्र क्रमशः सम्बृद्ध बन्दै गएको बताए । विकटको वस्ती मानेर तराई झर्ने र बजार जानेहरु अव गाउँ फर्कन आग्रह गर्दै उनले आभारभूत सवै सुविधाहरु गाउँमा पुराउने कार्यमा आफू र वर्तमान सरकार लागि परेको उनले बताए ।

कालोपत्रे सडक, औद्योगिक ग्राम, विद्यालयको पुर्ननिर्माण र पालिका स्तरीय अस्पताल निर्माणको काममा विहादी गाउँपालिमा देखिने गरी काम भइरहेको सांसद गिरीको भनाई छ । उनले एक घर एक धारा र सिंचाई कार्यक्रमलाई संगसंगै लगिएको समेत बताए ।

कोरोना संक्रमणका कारण गत बर्ष र चालु बर्षमा अपेक्षाकृत विकास आयोजनाहरु सम्पन्न नहुने भन्दै सरकारको क्षमताले सकेसम्म विकास आयोजनाहरु कार्यान्वयन गरिने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कालोपत्रेको काम शुरुवात गरेको सडकले पैयूको हुवास हुँदै स्याङजा जिल्लाको सिमाना चिासापानीसम्म पुग्छ । प्रदेश सरकारले चिसापानी देखि हुवास हु्ँदै वहाकीसम्म कालोपत्रेको लागि काम गरीरहेको छ । वहाकी देखि रानीपानी हूँदै बर्राचौरको खहरेखोला सडक खण्डको काम भने संघीय सरकार मार्फत भइरहेको छ । यस खण्डमा भने प्रत्येक बर्ष संघीय सरकारले बजेट विनियोजन गर्दै आइरहेको छ । हालसम्म ३ करोड रकम विनियाजन भएको यस सडक खण्डमा गत बर्ष मात्रै १ करोड २६ लाख लागत स्टिमेटमा ठेक्का सम्झौता भएको थियो ।

यस बर्ष सडकमा कालोपत्रेको शुरुवात गरिएको र आगामी बर्ष सडकको सवै खण्ड पुरा हुने गरी बजेटको ब्यवस्थापन गरिने सांसद गिरीले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमल भु्षालले संघ, प्रदेश र स्थानीय तहका साझेदारीमा विहादी गाउँपालिका भित्रमा देखिने गरी विकास आयोजनाहरुको शुरुवात भएको दावी गरे ।

उनले केहि बर्षमा नै विहादीमा भौतिक पूर्वाधारका कामहरुले काँचुली फर्ने दावी गरे । जनताका आधारभुत आवश्यकताहरु पुरा गर्न स्थानीय सरकार सधै तयार रहेको अध्यक्ष भुषालको भनाई थियो । उनले केहि बर्ष अघिसम्म निकै विकट मानिने विहादी क्षेत्र अव भने विकास र पर्यटकीय हिसावले निकै अघि बढेको समेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कमिटि सदस्य गोविन्द्र प्रसाद पाध्या, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गोविन्द पौडेल लगाएतले विकास आयोजनाका सम्बन्धमा मन्तब्य राखेका थिए । कार्यक्रममा विहादी क्षेत्रमा विभिन्न आयोजनाहरु भित्राउन संघ र प्रदेश सरकारसंग समन्वय गरेका सांसद गिरीलाई वडाअध्यक्ष ओमप्रसाद कुँवरले धन्यवाद दिएका थिए ।

उनले सडक, अस्पताल, विद्यालय भवन, खेल मैदान, खानेपानी आयोजना र सामूदायिक भवनमा सघीय सांसदले सहयोग गर्दै आएको बताउँदै पर्यटकीय क्षेत्र निर्माणका लागि पिस पार्क, सितल गुफा र अन्य आयोजनाहरुमा पनि सहयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रमको स्वागत रामप्रसाद पराजुली र सञ्चालन कमला पौडेलले गरेकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!