दोलखाको धार्मिक र पुरातात्विक महत्वका मन्दिर निर्माण गर्दै वैत्यश्वर

Posted on: 30 Oct, 2020

कातिक १४, दोलखा । दोलखाको वैत्यश्वर गाउँपालिकाले प्राकृतिक, धार्मिक र पुरातात्विक महत्व बोकेका ३४ स्थानको पहिचान गरी वैत्यश्वर मन्दिरलगायत चैत्य, मठ, मन्दिर र गुम्बा निर्माण शुरु गरेको छ । 

हालसम्म  ७० प्रतिशत काम सम्पन्न भएको बाँकी कार्य भइरहेको जनाइएको छ । गत आवमा रु ७० लाख  र यस आवमा रु ४१ लाख बजेट गाउँपालिकाले विनियोजन गरेकामा सोहीअनुसार काम अघि बढेको गाउँपालिकाका उपाध्यक्ष  रवीचन्द्र आचार्यले बताउनुभयो । 

दोलखा सदरमुकाम चरीकोटबाट करिब २७ कलिोमिटरको दूरीमा पर्ने यो मन्दिरमा अहिले पर्यटकको भीड लागेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!