बढ्यो सुनको भाउ, मंगलबारको भाउ कति छ ?

Posted on: 03 Nov, 2020

कार्त्तिक १८, काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार तोलाको ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर ९५ हजार ४ रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ४ सय रुपैयाँले नै बढेर ९४ हजार ९ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको  १२ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ७९० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ३६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३७ रुपैयाँ ५० पैसा कायम गरेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!