कोरोना बीमाको दाबी भुक्तानी एक हप्ताभित्रै पाइने, नपाए उजुरी गर्नुस

Posted on: 03 Nov, 2020

कात्तिक १८, काठमाडौँ | कोरोना बीमाको रकम भुक्तानीको दाबी गरेको एक हप्ताभित्रै भुक्तानी पाइने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेल, अर्थ सचिवद्वय शिशिरकुमार ढुङ्गाना, रामशरण पुडासैनी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ, बिमक सङ्घका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतको अर्थ मन्त्रालयमा बसेको बैठकले बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बीमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय गरेको हो ।

बैठकले दाबी गरेको एक हप्ताभित्र रकम पाए/नपाएको अनुगमन र समन्वय बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय समेत गरेको छ । 

अर्थमन्त्री पौडेलले बीमितहरुले बीमाङ्क रकम दाबी गर्नासाथ अविलम्ब भुक्तानी दिने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

हालसम्म १७ लाख ७० हजार नौ सय जनाले कोरोना बीमा गरेका छन् । जस मध्ये १३ हजार तीन सय ५३ जनाले बीमा भुक्तानी दाबी गरेका छन् । तर विमा दावी गरेका एक हजार चार सय ४१ जनालाई मात्रै बीमा कम्पनीले भुक्तानी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!