बुधबार पनि बढ्यो सुनको भाउ

Posted on: 04 Nov, 2020

कार्त्तिक १९, काठमाडौं । आज बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । मंगलबार तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेर ९६ हजार ३ रुपैयाँ पुगेको हो । तेजावी सुन पनि आज तोलामा ९ सय रुपैयाँले नै बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको  १२ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार ५६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८२ हजार १३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३३ रुपैयाँ कायम गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!