रिलायन्स लाइफ इन्स्योरेन्सको यस्तो बिमा योजना सार्वजनिक

Posted on: 04 Nov, 2020

कार्तिक १९, काठमाडौं | रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड इन्ड्युमेन्ट’ बिमा योजना सार्वजनिक गरेको छ । सो योजनाअन्तर्गत बिमितले सीमित वर्षका लागि बिमा शुल्क भुक्तानी गरी बिमा लेख अवधिभर सुरक्षा पाउन सक्नेछन् । 

योजनाको अर्को विशेषता भनेको कथं बिमा अवधिमा बिमितको मृत्यु भए इच्छाइएको व्यक्तिलाई बिमा जारी र बिमा दाबीको समयावधि हेरी बिमांक रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी गर्ने रहेको कम्पनीले जनाएको छ । यो योजनामा बिमाअवधि समाप्तिपश्‍चात बिमांक रकम र आर्जित बोनस भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजनाअन्तर्गत न्यूनतम बिमांक रकम ५० हजार कायम गरिएको छ भने अधिकतम बिमांक रकम कम्पनीको नियमबमोजिम हुने जनाइएको छ । यस योजनामा बिमा अवधि न्यूनतम १० वर्ष र अधिकतम २५ वर्ष छ । यो योजनाको बिमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष छ । 

यो योजनासँगै बिमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बिमा शुल्क मिनाहाजस्ता अतिरिक्त सुविधा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!