सुनको मूल्य एकैदिन तिन हजार ४ सयले घट्यो,कति छ प्रतितोला ?

Posted on: 10 Nov, 2020

कार्त्तिक २५, काठमाडौं | मंगलबार सुनको मूल्य घटेको छ | सोमबारको तुलनामा तोलामा ३ हजार ४ सयले घटेर प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ८ सय कायम भएको छ | यसअघि सोमबार प्रतितोला छापावाल सुनको मूल्य ९८ हजार २ सय कायम भएको थियो |

त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य पनि घटेको छ | आज प्रतितोला तेजाबी सुन ९४ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | महासंघका अनुसार आज चाँदीको मुल्यपनि घटेको छ | सोमबारको तुलनामा तोलामा रु.७० ले घटेर प्रतितोला १२ सय १५ मा कारोबार भइरहेको छ | 

पछिल्लो समय सुनचाँदीको मुल्यमा उतारचढाव आइरहेको छ | साताको पहिलोदिन ९७ हजार ७ सयमा कारोबार भएको सुन सोमबार बढेर प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!