लोकसेवाले माग्यो विभिन्न पदका लागि तीनसय कर्मचारी

Posted on: 11 Nov, 2020

कार्तिक २६, काठमाडौँ | लोक सेवा आयोगले निजामति सेवामा  प्राविधिकलगायत विभिन्न पदका लागी कर्मचारी मागेको छ | बुधबार सूचना प्रकाशित गर्दै आयोगले करिब तीन सय पदका लागि दरखास्त आह्वान गरेको हो |

राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन आयोगले गरेको छ | दरखास्त मंसिर १६ गतेसम्म दिइसक्नुपर्ने आयोगले बताएको छ |

निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। तर बहालवाला निजामति कर्मचारीको हकमा भने उमेरहद लाग्ने छैन। परीक्षा मिति पछि तय गरिने आयोगले बताएको छ |

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको सिफारिसका आधारमा आयोगले यी पदमा विज्ञापन खुलाएको हो | ३० प्रतिशत आन्तरिक बढुवा र बाँकी खुलाबाट यी पदमा पदपूर्ति गरिनेछ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!