आज सुनको मूल्य बढ्यो

Posted on: 11 Nov, 2020

कार्त्तिक २६, काठमाडौं | बुधबार सुनको मूल्य बढेको छ | मंगलबारको तुलनामा रु १ सयले बढेर प्रतितोला छापावाल सुनको मूल्य ९४ हजार ९ सय कायम भएको हो | त्यस्तै मंगलबार तेजाबी सुनको मूल्य पनि बढेको छ | आज प्रतितोला तेजाबी सुन ९४ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

महासंघका अनुसार आज चाँदीको मुल्यपनि बढेको छ | मंगलबारको तुलनामा तोलामा रु.५ ले बढेर प्रतितोला १२ सय २० मा कारोबार भइरहेको छ | सोमबार प्रतितोला छापावाल सुनको मूल्य ९८ हजार २ सय कायम भएको थियो |

पछिल्लो समय सुनचाँदीको मुल्यमा उतारचढाव आइरहेको छ | साताको पहिलोदिन ९७ हजार ७ सयमा कारोबार भएको सुन मंगलबार बढेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!