कतार एयरवेजले ल्यायो यात्रुको लागि यस्तो सुविधा

Posted on: 11 Nov, 2020

कार्तिक २६, काठमाडौँ | कतार एयरवेजले आफ्ना यात्रुहरुलाई थप सुविधा ल्याएको छ | एयरवेजले सरल टिकटका लागि ६ वटा विकल्पहरु ल्याएको हो | एयरवेजले बिज्नेस क्लासमा क्लासिक, कम्फर्ट र इलाइट,इकनमी क्लासमा क्लासिक, कन्भिनियन्स र कम्फर्ट ल्याएको छ | 

विभिन्न प्रकारको टिकटअनुसार यात्रुले विभिन्न सेवा सुविधा प्राप्त गर्नेछन् । जस्तै, इकनमी क्लास टिकट खरिद गर्ने यात्रुले प्रत्येक एक श्रेणी माथिको टिकट खरिदमा थप ५ किलो ब्यागेज आफूसँग लग्न पाउनेछन् । 

इकनमी क्लास कम्फर्ट टिकट खरिद गर्ने यात्रुले थप सुविधा स्वरुप आफूले इच्छाएको सिट छनौट गर्न पाउनेछन् भने इकनमी कम्फर्ट वा बिजनेस इलाइट टिकट खरिद गर्ने यात्रुले यात्राको मिति असीमित परिवर्तन र बिना कुनै शुल्क टिकट शुल्क फिर्ताको सुविधा पाउनेछन् । 

त्यस्तै,सबै श्रेणीमा कतार एयरवेज प्रिभिलेज क्लबका सदस्यहरुले थप क्युमाइल्स प्राप्त गर्नेछन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!