माउन्टेन इनर्जीको आईपिओ खुल्यो

Posted on: 11 Nov, 2020

कार्तिक २६,काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आज कार्तिक २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्न लागेको

हो । जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ  ।

कम्पनीको आईपिओमा छिटोमा मङ्सिर २ गतेसम्म र सो समयसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सकिने छ  ।  शेयर निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।  कम्पनीले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको आयोजना र मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ  ।

कम्पनीले आईपिओबाट उठेको सम्पूर्ण रकम मिस्ट्री खोला जलविद्युत आयोजनाको निमार्ण तथा कर्जा चुक्ता गर्न प्रयोग गरिने उल्लेख गरेको छ । कम्पनीले लगानीकर्तालाई २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सकिने उल्लेख गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!