मंसिर २ गते देशभर सार्वजनिक विदा

Posted on: 11 Nov, 2020

कार्तिक २, काठमाडौं | सरकारले मंसिर २ गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ | गृहमन्त्रालयले बुधबार एक सूचना जारी गर्दै मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो |

भाइटिकाको भोलिपल्ट नेवाः समुदायले किजा पूजा अर्थात् भाइ पूजा मनाउने गरिन्छ सोहि अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ | यस वर्ष मंसिर १ गते भाइटिका परेको छ |

किजा पूजामा म्हः पूजाकै दिनमा जस्तै मण्डप तयार गरी सबै प्रकारका फलफूल राख्ने गरिन्छ । त्यसपछि दाजुभाइ दिदीबहीनीले एकअर्कालाई अक्षता, अविर, दहि, चिउरा र पानी राखेको रातो टीका लगाउने चलन छ |

एकअर्काको दीर्घायूको कामना गर्दै सगुन, उपहार र खानेकुरा आदि दिने गरिन्छ | |


यस बिषयमा तपाइको प्रतिक्रिया...!