नेपाल टेलिकमले ल्यायो यस्तो ‘एसएमएस ’अफर

Posted on: 12 Nov, 2020

कार्तिक २७, काठमाडौँ | नेपाल टेलिकमले ‘एसएमएस ’ अफर ल्याएको छ |  टेलिकमको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत दिइएको छ | जसअनुसार ५ रुपैयाँमा २० वटा एसएमएस, १५ मा ७० वटा एसएमएस र ६० मा ३ सय वटा एसएमएस गर्न सकिन्छ |

 टेलिकमका अनुसार यी प्याकको क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधि तोकिएको छ | पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिँदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सक्छन् |

पोस्टपेड प्राइम प्याक लिएर २ सयवटा एसएमएस, प्रिमियम प्याक किन्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक किन्दा १ हजार वटा एसएमएस पठाउन सकिने छ | यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिने टेलिकमले जनाएको छ |

पोस्टपेड प्याक खरिद सम्बन्धी विस्तृत जानकारी लिन आफ्नो मोबाइलमार्फत *1415*2# डायल गर्न सकिन्छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!