मिर्मिरे लघुवित्तले सेयरधनीलाई १२.६३ प्रतिशत प्रतिफल दिने

Posted on: 12 Nov, 2020

कात्तिक २७, काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी कुल १२.६३ प्रतिशत लाभांश घोषणा गरेको हो। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड ६१ लाख ४६ हजार रुपैया छ । कम्पनीले घोषणा गरेको ४ करोड ७५ लाख ३७ हजार बोनस सेयर पारित भएमा पुँजी ४४ करोड ३६ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । गत वर्ष कम्पनीले अघिल्लो आवको नाफाबाट ४५ प्रतिशत बोनस सेयर र करसहित २.३६ प्रतिशत नगद लाभांश दिएको थियो। 

गत आवको असार मसान्तसम्म कम्पनीले ४ करोड ५१ लाख २१ हजार रुपैयाँ नाफा गरेको थियो। अघिल्लो आवको सोही अवधिमा भने ७ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो। कम्पनीले चालू आवको पहिलो तीन महिनामा भने २ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा २ करोड १३ लाख रुपैयाँ नाफा गरेको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!