बिहिबार सेयर बजारमा दोहोरो अंकको सुधार

Posted on: 12 Nov, 2020

कार्तिक २७, काठमाडौं | बुधबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ | सेयर कारोबारको लागि साताको अन्तिम दिन बिहीबार बजार मापन गर्ने सूचक १०.८२ अंकले बढेर १७१८.४९ बिन्दुमा रोकिएको छ |

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२७ अंकले बढेर ३३८.८९ बिन्दुमा रोकिएको छ | यो दिन १९८ कम्पनीको १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता सेयर ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ रुपैयाँको सेयर कारोबार भएको छ |

कारोबारमा बैंकिङ समूहको उपसूचक १०.२१, टे«डिङ १६४.७१, निर्जीबन बीमा ३९.१६, अन्य समूहको उपसूचक २८.३९ अंकले बढेको छ | कारोबारमा होटल, जलविद्युत, माइक्रोफाइनान्स, जीवन बीमा समूहको उपसूचकमा भने गिरावट आएको छ |

कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २८ करोड ५५ लाख ५ हजार ६६९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल दुरसञ्चार कम्पनी र प्रभु बैंक रहेको छ |

बिहीबार बिशाल बजार कम्पनी, साल्ट टे«डिङ कर्पोरेशनको कारोबारमा सकारात्मक सर्किट लागेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!