हङकङ पुगेपछि यात्रुमा कोरोना देखियो, नेपाल एयरलाइन्स माथि प्रतिबन्ध

Posted on: 12 Nov, 2020

कात्तिक २७, काठमाडौं | नेपाल एयरलाइन्सलाई हङकङ उडानमा प्रतिबन्ध लगाएको छ | नेपालबाट ९ नोभेम्बरमा पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा त्यंहा पुगेपछि कोरोना पोजेटिभ देखिएको छ |

हङकङले नेपाल एयरलाइन्सको उडानमा रोक लगाएसंगै २५ नोभेम्बरसम्म उडान गर्न नपाउने भएको हो | उडानमा प्रतिबन्ध लगाएसंगै पूर्वनिर्धारित १६ र २३ नोभेम्बरमा हुने उडान रद्द गरिएको एयरलाइन्सले जनाएको छ | यसअघि पीसीआरका लागि ल्याब दिएपछि अनिवार्य क्वारेन्टिनमा बसेर स्वास्थ्य निर्देशिकाको पालना गर्न यात्रुहरुलाई नेपाल एयरलाइनलाई आग्रह गरेको थियो |

 नेपाल एयरलाइन्स हङकङमा प्रतिवन्धमा परेको यो पहिलो पटक होइन | यसअघि दुईपटक कारवाहीमा परिसकेको छ | कम्पनीले नेपालमा हुने पीसीआर परीक्षणमा प्रश्न नै प्रश्न उठाएको थियो | विश्वभरी फैलिएको कोरोनाभाइरस भित्रिने त्रासले विदेशहरुले एयरलाइन्स माथि प्रतिबन्ध लगाउंदै आएका छन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!