नेपाल टेलिकमको यस्तो अफर

Posted on: 20 Nov, 2020

मंसिर ५, काठमाडौं | नेपाल टेलिकमले अटम अफर २०२० अन्तर्गत उपलब्ध गराइरहेका सुविधालाई परिमार्जन गरी थप आकर्षक बनाएको बताएको छ | टेलिकमले अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधा सहित परिमार्जन गरेको दाबी गरेको हो |

परिमार्जित अफर मंसिर ५ गते शुक्रबार राति १२ बजेपछि लागु हुनेछ | जसअनुसार प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि २५० रुपैयाँमा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८५० मा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको हो | त्यसमा २५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिन्छ । 

यसैगरी ८५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!