काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना परिक्षण गर्ने

Posted on: 21 Nov, 2020

मंसिर ६, काठमाडौं | काठमाडौं महानगरपालिकाले आइतबार देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गर्ने भएको छ | शनिबार राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा  महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उक्त कुरा बताएका हुन् |

नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गरिने उनले बताए | यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने  पनि महानगरले तयारी गरेको छ |

उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ | भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!