आज देखि राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ सर्वसाधारणले हेर्न पाउने

Posted on: 22 Nov, 2020

मंसिर ७, काठमाडौं | आजदेखि तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्रीसदन’सर्वसाधारणका लागि खुला गरिने भएको छ | शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी दरबारभित्रको श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शुभारम्भ गरेका हुन् |

आइतबारदेखि नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका  र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउने छन् | कोरोना भाइरसका कारण लकडाउन सुरु भएलगत्तै नारायणहिटी दरबार संग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो |


आइतबारबाटै संग्राहालय पुनः खुला गरिने भएको छ | राजा त्रिभुवनलाई हिटलरले उपहारस्वरूप दिएको गाडी, बिरेन्द्रले प्रयोग गर्ने हवाईजहाज र हेलिकप्टरसमेत सर्वसाधारणले अवलोकन गर्न पाउने छन् | श्रीसदनको तीनतले भवनको भुुइँतलामा तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको निजी कार्यालय, भान्सा र विश्राम गर्ने कोठा रहेको छ । पहिलो तलामा राजा वीरेन्द्रको शयन कक्ष, रानी ऐश्वर्यको कक्ष र लुगा राख्ने कक्ष छ । दोस्रो तलामा तत्कालीन अधिराजकुमार नीराजनको कक्ष र तत्कालीन अधिराजकुमारी श्रुतिको कक्ष छ |

राजा वीरेन्द्रले आफ्नो डिजाइनमा २०२३ सालमा सो भवन निर्माण गर्न लगाएको बताइन्छ |  श्री सदन निवास दरबार हत्याकाण्डअघि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार नीराजन शाहको निजी निवासको रुपमा प्रयोगमा थियो | वि सं २०५८ जेठ १९ गते राजा बिरेन्द्रको बंशनाश हुनेगरी दरवार हत्याकाण्ड भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!