आज सुनको मूल्य १८ सयले घट्यो,कति पुग्यो प्रतितोला ?

Posted on: 24 Nov, 2020

मंसिर ९, काठमाडौँ | आज मंगलबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ | सोमबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको हो |

यस्तै तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै मंगलबार चाँदीको मूल्यमा पनि घटेको छ | सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!