नेप्से परिसूचक १८ सय नाघ्यो

Posted on: 24 Nov, 2020

मंसिर ९, काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८१०.११ विन्दुमा अडिएको छ | २९.६८ अंकले बढेको सेयर बजार १८८१ अंकको रेकर्ड ब्रेक गर्नेतर्फ लागेको छ | यस दिन ५ अर्ब ४४ करोड  २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा १ सय ९६ कम्पनी सामेल भएका छन् |

पछिल्ला दिनमा नेप्से सूचक र कारोबार रकमले उत्साह देखाएको छ | आज होटल समूह बाहेक सबै समुह बढेको छ । सेयर बजारले मंगलबार  १८ सयको मनोवैज्ञानिक विन्दु पार गरेपछि लगानीकर्ता उत्साहित देखिएका छन् |

बोटर्लस नेपाल, हिमालयन डिष्टिलरी, विशाल बजार लगायतका कम्पनीको भाउ बढेको छ । सबैभन्दा बढी गुमाउनेमा सोल्टी होटेलका लगानीकर्ता परेका छन । यसको भाउ ३.२० प्रतिशतले घटेको हो । यस दिन एनआइसी एसिया बैंकको सर्वाधिक ३७ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ |

दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा पुनर्बिमा कम्पनीको कारोबार बढी भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!