चन्द्रागिरी हिल्सले मंसिर १७ बाट आईपीओ बिक्री खुला गर्ने, आवेदन दिन क—कसले पाउँछन् ?

Posted on: 25 Nov, 2020

मङ्सिर १०, काठमाडौँ | चन्द्रागिरी हिल्सले यही मंसिर १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ लाख ६ हजार ८१९ कित्ता सेयर जारी गर्दैछ । चन्द्रागिरी ले १ सय  रुपैया अंकित मूल्यमा ३० करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले जारी गर्न लागेको उक्त आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयमा आईपीओ बिक्री नभएमा ढिलोमा  पुस १६ गतेसम्म आईपीओ बिक्री हुने कम्पनीले जनाएको छ । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।

यसमा आयोजना प्रभावित क्षेत्र काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दाले आवेदन दिन पाउँनेछन् । साथै, मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नगरिकले आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्न कार्तिक २८ गते अनुमति दिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!