प्रतितोला एक हजारले घट्यो सुनको मूल्य,कति पुग्यो ?

Posted on: 25 Nov, 2020

मंसिर १०, काठमाडौँ | आज बुधबार सुनको मूल्य तोलामा १००० रुपैयाँले घटेको छ | मंगलबार ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला ९१ हजार ५ सयमा कारोबार भएको हो |

त्यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार रुपैंया रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |  यसअघि मंगलबार मात्रै सुनको मूल्य प्रतितोला रु १८ सयले घटेको थियो |  त्यस्तै साताको दोश्रोदिन सोमबार प्रतितोला सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो | 

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ | मंगलबारको तुलनामा प्रतितोला रु ५ ले घटेर ११ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!