सिन्जा पर्यटन गुरुयोजना अलपत्र

Posted on: 25 Nov, 2020

दान बहादुर बुढा | मंसिर १०, जुम्ला सिन्जा | नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंन्जा क्षेत्रमा पर्यटकीय विकासको लागि बनाएको गुरुयोजना अलपत्र परेको छ | धार्मिक सांस्कृतिक,मठ मन्दिर,देवल,हुड्के नाच,बाला, चम्फा ,मागल,झोडा,देउडा,बिराट दरवार,ढुङ्गा र माटोले बनेका घरको संरक्षण गरि पर्यटन प्रवर्दनको बिकास गर्ने उदेश्यले ५ बर्षलगाएर तयार पारिएको पर्यटन गुरुयोजना अलपत्र परेको हो |


२०६४ सालमा तयार गरिएको सिन्जा पर्यटन गुरुयोजना अल्पत्र पर्दा जुम्लाको सिन्जा क्षेत्रमा रहेको पर्यटक क्षेत्र समेत ओझेलमा परेका छन् | पर्यटन क्षेत्रलाई प्रवर्धन गरि सिन्जा क्षेत्रको बिकासमा परिवर्तन गर्ने पर्यटक क्षेत्रलाई देश बिदेशमा प्रचार प्रचार गरि पर्यटकहरुलाई भित्र्याउने उदेश्यका साथ् २०६४सालमा सिंजा गुरु योजना बनाइएको थियो | 

बुद्दिजिबि ,समाज सेबि,राजनैतिक दल,पत्रकारहरुको पहलमा सिन्जा गुरु योजना बनेको थियो | साबिकको जिल्ला बिकास, पर्यटन मन्त्रालय,पुरातात्व विभाग राष्ट्रिय योजना आयोग र स्थानिय तहमा पेश गरिएको गुरु योजना अहिले अल्पत्र परेको हो |


पछिल्लो समय स्थानिय सरकार ,कनका सुन्दरी गाँउपालिका ,कर्णाली प्रदेश सरकार पर्यटन मन्त्रालय,संघिय सरकारसंग जुम्लाको सिन्जा पर्यटन गुरुयोजना बनाउन र  पर्यटन क्षेत्रको बिकासको लागी पहल गरिदिनको लागी आह्वान गरे पनि सरोकारवाला निकाय मौन बनेको कनका सुन्दरि गाँउपालिका वडा नम्बर ८ का समाज सेवी भक्त बहादुर बोगटीले बताए |

सभ्यता,सास्कृतिक,सिन्जाबाट उत्पति भएको ताजा प्रमाणहरु छन | पञ्यातकालमा सिन्जाबाट संविधान तयार भएको' लालमोर ,भोज पत्र,ताम्राँ पत्र,ढुङ्गा,मा अहिले पनि अभिलेख रहेको पाईन्छ | यी अभिलेखहरु हिजो आज बाटोमा,सडकमा अल्पत्र रहेको अवस्थामा छन् |


पछिल्लो समयमा स्थानिय सरकारले पर्यटनमा बर्षेनी लाखैरुपैया खर्च गरेपनि खासै पर्यटन क्षेत्र यस कनका सुन्दरीमा रहेका धार्मिक सास्कृतिक,भेष भुसा, मठ मन्दीर गुफा,को संरक्षणमा ध्यान नदिएको देखिन्छ |

बिगतका बर्षहरुबाट संरक्षणको प्रतिक्षमा रहेका केही स्थानमा मनपरी हिसाबले उत्खनन् कनका सुन्दरी गाउँपालिकाले गरेको र लाखै रुपैया बर्षेनी खर्च मात्र गरेको कनका सुन्दरी गाँउपालिका वडा नम्बर ५ का भु.पु जिबिस सभापति गौरीलाल न्यापानेको गुनासो छ | 

सीन्जामा रहेका पर्यटकीय क्षेत्रको बिकासको लागी स्थानिय सरकार गाँउपालिकाबाट बजेट बिनियोजित गरि काम भैरहेको गाँउपालिकाकी का.वा अध्क्षय अर्मिला भण्डारीले बताइन |


यस बिषयमा तपाइको प्रतिक्रिया...!