अख्तियार प्रमुख पाठकलाई घुस दिने लम्बोदर न्यौपाने पक्राउ

Posted on: 25 Nov, 2020

मंसिर १०, काठमाडौँ | नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपाने पक्राउ परेका छन् | उनी ठगी मुद्दामा काठमाडौं-४ चण्डोल बाट पक्राउ परेका हुन् |

तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका उनलाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो |क्याम्पस संचालक समितिको अध्यक्ष हुँदा न्यौपानेले अनधिकृत रुपमा रकम हिनामिना गरेको र गाडी किनेर आफ्नो नाममा नामसारी गरेर गठी गरेको आरोप लागेको छ | 

रामेछाप घर भएका ६४ वर्षीय न्यौपाने संगठित रुपमा ठगी गरेर क्याम्पसलाई ८ करोड २१ लाख र बेरुजु सहित २३ करोड दश लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!