बत्ति जान थालेपछि राउटर युपिएस वा एडेप्टर प्रयोग गर्न नेपाल टेलिकमको आग्रह

Posted on: 27 Nov, 2020

मङ्सिर १२, काठमाडौँ | युपिएस र एडेप्टर राउटर प्रयोग गर्न नेपाल टेलिकमले ग्राहकलाइ आग्रह गरेको छ | बत्ति गएको बेलामा एफटिटिएचको भ्वाइस सेवा अवरुद्ध नहोस् भनेर टेलिकमले यस्तो आग्रह गरेको हो |

बत्ति गएको समयमा इन्भर्टरको फुल व्याकअप भएका घर तथा कार्यालय बाहेक अन्य स्थानहरुमा भ्वाइस सेवा प्रयोगमा असुविधा भएको पाइएको छ |

हाल बजारमा सानो खालको राउटर यूपीएस वा एडेप्टर सहज रुपमा उपलब्ध हुने बताउँदै टेलिकमले यस्तो डिभाइस प्रयोग गर्नु उपयुक्त हुने बताएको छ | राउटर यूपीएस जस्ता साना डिभाइस विभिन्न क्षमताका हुन्छन्। जुन विद्युत नहुँदा केही घण्टासम्म सेवाको निरन्तरताका लागि उपयुक्त हुन्छन् |

एडेप्टरमा भएको ब्याट्री विद्युत हुँदा आफैं चार्ज हुन्छ भने नभएका बेला त्यही ब्याकअप पावर खपत हुन्छ | कम्पनीले वितरण गरिरहेको एफटिटिएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडेप्टर उपयुक्त हुन्छ |

टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफिटिटिएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा दिइरहेको छ | निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने कम्पनीको तयारी छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!