सुनको मूल्य लगातार घट्दै,कति पुग्यो प्रतितोला ?

Posted on: 29 Nov, 2020

मंसिर १४, काठमाडौँ | साताको पहिलोदिन आइतबार सुनको मूल्य घटेको छ | शुक्रबारको तुलनामा आज तोलामा रु ६ सयले घटे प्रतितोला छापावाल सुनको मूल्य ९० हजार ७ सय कायम भएको नोपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि घटेको छ | आज प्रतितोला ९० हजार २ मा तेजाबी सुन कारोबार भइरहेको महासंघले जनाएको छ | आइतबार चाँदीको मूल्य पनि घटेको छ | तोलामा रु १५ ले घटेर प्रतितोला ११ सय ५० मा चाँदी कारोबार भइरहेको छ |

पछिल्लो समय नेपाली बजारमा निरन्तर सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!