नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

Posted on: 02 Dec, 2020

मंसिर १७, काठमाडौं | नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत करार तर्फका इन्जिनियर पर्वत पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो |

घर निर्माण सम्मपन्नको प्रमाणपत्र दिने प्रयोजनको लागी पौडेलले घुस लिएर थिए । सेवाग्राहीसँग मागेको ७५ हजार रकम होटल व्यवसायी नारायणप्रसाद भट्टलाई बुझ्न लगाएर उनीमार्फत आफुले लिएको अवस्थामा अख्तियारले उनलाई पक्रेको थियो ।

आयोगले पौडेलको मुद्दामा ७५ हजार बिगो मागदावी लिएको छ । ईन्जिनियर पौडेलले अदुवाबारी खानेपानी आयोजनको अन्तिम बजेट निकाशा गरिदिएबापत र निर्माण सम्पन्न भएको घरको स्थायी ईजाजत दिएबापत घुस लिएको अख्तियारको अनुसन्धानबाट थाहा भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!