आज पनि सुनको मूल्य बढ्यो

Posted on: 04 Dec, 2020

मंसिर १९, काठमाडौँ | शुक्रबार पनि सुनको मूल्य बढेको छ | बिहीबारको तुलनामा आज प्रतितोला रु ३ सयले बढेको हो | शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | 

यसअघि बिहीबार बुधबारको तुलनामा सुन तोलामा १६०० रुपैयाँले बढेको थियो | त्यस्तै आज तेजाबी सुनको मुल्य ९२ हजार ४५० कायम भएको छ | शुक्रबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ  बिहीबार तोलामा १२०५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर १२१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ |

पछिल्लो केहिदिन यता फेरी सुनको मूल्य उलाको लागेको हो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!