नेप्से परिसूचक २९.८३ अंकले घट्यो

Posted on: 24 Dec, 2020

पुस ९, काठमाडौँ । बिहिबार शेयर बजार मापक परिसूचक अंक नेप्से २९.८३ अंकले घटेको छ।आज शेयर बजारमा साढे १ प्रतिशतले गिरावट आएको छ। २९.८३ अंकले घटेर  २०३८.६३ विन्दुमा झरेको  हो। त्यस्तै सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले घटेर ३८६ विन्दुमा झरेको छ।

यस दिन २०४ वटा कम्पनीको ९८ लाख ६० हजार कित्ता शेयर ५ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बुधबार ६ अर्ब माथिको शेयर कारोबार भएको थियो । बिहीबार सोल्टी होटलको शेयरमूल्य सबैभन्दा धेरै ५.६७ प्रतिशतले बढेको छ भने ओरियन्टल होटलको ५.१६ प्रतिशत,माउन्टेन इनर्जीको ४.८३ प्रतिशत, पाँचथर पावरको ४.५२ प्रतिशत, सिद्धार्थ बैंकको ३.४९ प्रतिशत र ग्लोबल आइएमई बैंकको ३.१६ प्रतिशतले बढेको छ।

त्यस्तै समृद्धि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ८.११ प्रतिशतले घटेको छ भने युनाइटेड इदि मर्दिको ६.३० प्रतिशत,पञ्चकन्या माई हाइड्रोपावरको ५.५६ प्रतिशत,महिला सहयात्रा माइक्रोफाइनान्सको ५.५१ प्रतिशत र छ्याङदी हाइड्रोपावरको ५.१७ प्रतिशतले घटेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!