अदुवा किनेर गभर्नरले गरे तरकारी बजारमा डिजिटल कारोबार सुरु

Posted on: 25 Dec, 2020

पुस १०, काठमाडौँ | तरकारी बजारमा पनि डिजिटल कारोबारको थालनी गरिएको छ | शुक्रबार काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने गरी यसको सुरुवात भएको हो |

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रशाद अधिकारीले १ किलो अदुवा किनेर उक्त कारोबार सुरु गरेका हुन् | सानिमा बैंकको सक्रियतामा नक्साल तरकारी बजारका बिकेताहरुलाई निःशुल्क क्युआर पेमेन्ट वितरण गरेको थियो |

त्यस्तै भायनेटले बजारमा निशुल्क इन्टरनेट उपलब्ध गराएको छ | डिजिटल कारोबारको विकासले खुद्रा पैसाको झन्झट हट्ने विश्वास लिईएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!