नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो आईपीओ विक्री अनुमति

Posted on: 27 Dec, 2020

पुस १२, काठमाडौं । नेपाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई आईपीओ विक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्न शुक्रबार बोर्डबाट अनुमति पाएको हो ।

बैंकले हालसम्मकै ठुला कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी भने एनआईबिएल एस क्यापिटल लिमिटेडले पुरा गर्नेछ। यस कम्पनीको आईपीओ प्रत्याभूतिकर्ताको जिम्वेवारी भने नागरिक लगानीकोषले पाएको छ ।

बैंकको चुक्तापूँजी १२ अर्ब रुपैयाँ रहेको छ भने,आईपीओ पश्चात यो पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ । बैंकको अधिकत पूँजी ४० अर्ब रुपैयाँ र जारी पूँजी २० अर्ब रुपैयाँ रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!