नेप्सेले लागू गर्‍यो नयाँ कार्यविधि,के छ व्यवस्था ?

Posted on: 27 Dec, 2020

पुस १२, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले एपीआई (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) नीति लागु गरेको छ ।  पुस १ गतेदेखि लागू हुनेगरी नेप्सेले तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७ जारी गरेको हो । योसंगै  एपीआई नीति लागु भएको हो ।

यससँगै आवश्यकता अनुसार इन्भेष्टमेन्ट कम्पनी, विश्लेषक, सञ्चार माध्यमका साथै गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्थाहरुले नेप्सेको आवश्यक तथ्यांक पाउँछन् । त्यसका लागि नेप्सेलाई प्रति महिना तोकिएको शुल्क तिर्नुपर्नेछ । 

संघसंस्था र सञ्चार माध्यम वा अन्यको प्रयोजन अनुसार नेप्सेले बेग्लाबेग्लै शुल्क निर्धारण गरेको छ । तथ्यांक प्रयोग गर्नका लागि प्रयोगकर्ताले प्रयोगको स्पष्ट उद्देश्य खुलाई नेप्सेमा आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!