बागमती प्रदेश लोकसेवाले माग्यो कर्मचारी, अनलाइन बाटै आवेदन दिन सकिने

Posted on: 28 Dec, 2020

पुस १३, काठमाडौं । बागमती प्रदेश लोकसेवाले सहायक पाचौं अन्तर्गत विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको छ । प्रदेश लोकसेवाले आज एक सूचना जारी गर्दै सामान्य प्रशासन तर्फ 

(प्रशासन, लेखापाल, आलेप), इन्जिनियरिङ, कृषि, शिक्षा, स्वास्थ्य, शिक्षा र विविध सेवा अन्तर्गत बिभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

अनलाइन मार्फत माघ ४ सम्म सिंगल दस्तुरमा र  दोब्बर दस्तुर तिरेर माघ १२ गतेसम्म आवेदन दिन सकिने प्रदेश लोकसेवाले जनाएको छ । खुलाको लागि दस्तुर ७ सय र थप समुहको लागि ३ सय थप लाग्नेछ । प्रशासन/लेखा/आलेपको प्रथम पत्र परीक्षा आगामी फागुन ८गते हुनेछ । विज्ञापन हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!