सुनको मूल्य ८ सयले घट्यो,कति पुग्यो प्रतितोला ?

Posted on: 29 Dec, 2020

पुस १४, काठमाडौँ। मंगलबार सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा आज रु ८ सयले घटेर छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य पनि घटेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला तेजाबी सुनको मूल्य ९३ हजार ६ सयमा कारोबार भएको छ | यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।

सोमबारको तुलनामा प्रतितोला रु १५ ले घटेर चाँदीको मूल्य १३ सय कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!