सिभिल बैंकले ८.४२ प्रतिशत लाभांश वितरण गर्ने

Posted on: 12 Jan, 2021

पुस २८, काठमाडौं | सिभिल बैंकले लाभांश घोषणा गरेको छ | बैंकले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनाको लागि ०.४२ प्रतिशत नगद लाभांशसहित कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ |

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ | हाल सञ्चालनमा रहेको २७ वटा वाणिज्य बैंक मध्ये २६ वटा बैंक नेप्सेमा सूचिकृत रहेका छन् |

जसमध्ये आर्थिक वर्ष २०७६-०७७ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने सिभिल अन्तिम बैंक हो | यसअघि २५ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!