कोरोना विरुद्धको खोप आयातका लागि आर्थिक सहयोग गर्न सरकारको आग्रह

Posted on: 13 Jan, 2021

पुस २९, काठमाडौँ | सरकारले कोरोनाविरुद्धको खोप आयातका लागि सरकारी बजेटले मात्रै खोप खरिद गर्न नपुग्ने भन्दै आर्थिक सहयोग गर्न आग्रह गरेको छ | स्वास्थ्य मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थाहरुलाई आर्थिक सहयोग गर्न  आग्रह गरेको हो |

दाताहरुले “खोप कोष” अन्तर्गत कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खातामा रकम जम्मा गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |  कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य गरी जम्मा हुने रकम सरकारले खर्चको समिक्षा गरी परिचालन गर्ने जनाएको छ |

प्राथमिकताको आधारमा लक्षित समूहलाई निःशुल्क खोप उपलब्ध गराउने सरकारले यसअघि नै घोषणा गरिसकेको छ | खोप आयातका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको मन्त्रालयले बताएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!