कति पुग्यो सुनको मूल्य ?

Posted on: 13 Jan, 2021

पुस २९, काठमाडौं | बुधबार सुनको मूल्य बढेको छ | मंगलबारको तुलनामा प्रतितोला रु १ सयले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |

यसअघि आइतबार २३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार थप ८ सय रुपैयाँले घटेको थियो भने मंगलबार ६ सयले बढेको थियो | आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय कायम भएको महासंघले जनाएको छ | त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ | 

सोमबारको तुलनामा आज प्रतितोला रु १० ले बढेर १२ सय ६० कायम भएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!