नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सीईओमा रामकृष्ण खतिवडा

Posted on: 13 Jan, 2021

पुस २९, काठमाडौँ | नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् | बैंकलले गत १० गते पदपूर्तिसम्बन्धी प्रकाशित गरेको विज्ञापन सार्वजनिक सूचनाअनुसार प्राप्त आवेदनमध्येबाट खतिवडालाई नियुक्त गरिएको बैंकले जनाएको छ |

पदपूर्तिको सूचनामा उल्लेख भएका योग्यताका न्यूनतम मापदण्ड, शैक्षिक योग्यता, अनुभव, बिजनेस प्लान, बिजनेस प्लानको प्रस्तुतीकरण एवं अन्तर्वार्तासमेतको मूल्याङ्कनबाट उनलाई माघ १ गतेदेखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको बैंकले जनाएको छ |

खतिवडाले विभिन्न विषयमा स्नातकोत्तर गरेका छन् | त्यसैगरी उनीसँग एनआईबीएल क्यापिटल मार्केट लिमिटेड, लगानी बोर्ड नेपाल, विद्युत् नियमन आयोगलगायतका संस्थाको जिम्मेवारीमा रहेर कार्य गरेको अनुभव रहेको छ | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!