घट्यो सुनको मूल्य

Posted on: 18 Jan, 2021

माघ ५, काठमाडौँ । सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा प्रतितोला रु २ सयले घटेर छापावाल सुनको मूल्य ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि आइतबार प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यसैबीच सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । 

महासंघका अनुसार आइतबार तोलामा १२३० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!